समाचार

द्वन्द्व कालमा वेपत्ता पारिएकाहरुको नाम कार्यदलमा नसमेटिँदा परिवारहरु समस्यामा ।।

अछाम, असाढ १९ -
अछाममा विगत सशस्त्र द्वन्द्व कालमा वेपत्ता पारिएकाहरुको नाम शान्ति तथा पुर्न निर्माण मन्त्रालयको कार्यदलमा नसमेटिँदा वेपत्ताका परिवारहरु समस्यामा परेका छन् । द्वन्द्व कालमा राज्य र गैरराज्य दुबै पक्षबाट वेपत्ता पारिएकाहरुको नाम हाल सम्म शान्ति मन्त्रालयको लगत संकलन कार्यदलमा समावेश नहुँदा उनीहरुका आश्रित परिवारहरु समस्यामा परेका हुन् । नेपाल रेडक्रस सोसाईटी अछामको तथ्यांकमा रहेका १३ जना वेपत्ता मध्ये एकको नाम पनि कार्यदलको प्रतिवेदनमा समेटिन नसक्दा उनीहरुका आश्रित परिवारको लालनपालन र छोराछोरीको पढाईमा समस्या उत्पन्न भइरहेको हो । वेपत्ता परिवारको समस्याका बारेमा आज अछाम सदरमुकाम मंगलसैनमा आयोजना गरिएको जिल्लास्तरिय छलफल कार्यक्रममा वेपत्ता परिवारका सदस्यले उक्त कुरा औँल्याएका हुन् । सरकारले वेपत्ताको नाम कार्यदलको प्रतिवेदनमा नसमेट्दा त्यस मध्ये ६ जनाको परिवारले मृत्यु दर्ता गरेर मृतकका नाममा राहत बुझेकोसमेत सो अवसरमा जानकारी दिईएको छ । नापी कार्य चाँडो गर ः एमाले नेकपा एमाले अछामको जिल कमिटीले जिल्लामा भैरहेको जग्गा नापी कार्यलाई प्रभावकारी रुपमा अघि वढाउन आग्रह गरेको छ । 
 

धेरै पढिएको

आजको कार्यक्रम

  • Radio Opening
    समय :04:55AM - 05:00AM
  • Dharmik Bhajan
    समय :05:00AM - 06:00AM
  • CIN Sajha Khabar
    समय :06:00AM - 06:30AM
  • Banibahas
    समय :06:30AM - 07:00AM
  • Rastriya Geet
    समय :07:00AM - 07:15AM
  • BBC Nepali Bihani sewa
    समय :07:15AM - 07:30AM
  • Sakhi suva Prabhat
    समय :07:30AM - 08:00AM
  • Sakhi Khabar
    समय :08:00AM - 08:30AM
  • Nepali Adhunik Geet
    समय :08:30AM - 09:00AM
  • unn.com.np(nepal khabar)
    समय :09:00AM - 03:00PM