समाचार

कर्णाली र सुदुरपश्चिम बस व्यवसायी बिच देखिएको बिबाद समाधान तर्फ ।।

नृप रावल, कैलाली, असाढ १९ -
कर्णाली र सुदुरपश्चिम बस व्यवसायी बिच देखिएको बिबाद समाधान तर्फ उन्मुख, समतीको अन्तिम विन्दु मानिएको रुटको विषयमा भने, सहमती जुट्न बाकी ।।
२ दिन सम्मको लगातारको छलफलपछि, कर्णाली र सुदुरपश्चिम बस व्यवसायी बिच देखिएको बिबाद समाधान तर्फ उन्मुख भएको छ । सेवा विस्तार र बसको संख्याका विषयमा सहमती जुटेपछि विवाद सहमतीको बाटोतर्फ उन्मुख भएको हो । कर्णालि रीभर साइड यातायात र सुदुरपश्चिम बस ब्यबसायि समिति बिच सुबिधा सम्म बस सञ्चालनको बिषयलाइ लिएर बिबाद भएको थियो । कर्णालि रीभरसाइड यातायात समितिले फुलबारी देखि नेपालगञ्ज सम्म एसि विंगर बस सञ्चालनमा ल्याएपछि सुदुरपश्चिम बस ब्यबसायि समितिले अवरोध सृजना गरेपछि हिजोबाट तनाव भएको हो । विवाद समाधानका लागी दुवै बस व्यवसायी समिती र जिल्ला प्रहरी कार्यालय कैलाली विच शुत्रबार साझ बसेको वार्ता विना निक्ष्कर्ष टुङिगएपछि आजको वार्ता सकारात्मक रहेकोे वार्तामा सहभागि कर्णाली यातायातका उद्धार उपाध्यक्ष योगेश मल्लले जानकारी दिनुभयो । सहमतीको अन्तिम विन्दु मानिएको रुटको विषयमा कुरा जुट्न बाकी रहेको उद्धार उपाध्यक्ष मल्लले बताउनुभयो । सुदूरपश्चि यातायात समितीले रुट अनुसार सवारीको अवस्था सन्तुलित भएकोले थप सवारी आवश्यक नरहेको दावी गरेको छ भने, कर्णालीले यात्रुको माग र सेवालाई मध्यनजर सेवा विस्तार गरिनुपर्ने अडान लिएको छ । यद्यपी विस्तार गरिएको युगर सेवा भने कर्णाली यातायात समिती आजबाट संचालन गरेको छ । रुटको विवाद समाधानका लागी आज पनि छलफल हुने कर्णाली यातायातका उद्धार उपाध्यक्ष योगेश मल्लले जानकारी दिनुभयो ।
यसअघि.. शुत्रबार बिहान कर्णालि यातायातको एसि विंगर सहितको फुबबारी नेपालगञ्ज बस सेवा सुदुरपश्चिम यायातले सञ्चालनमा रोक लगाएपछि पछिल्लो समयका लागि दइ ओटै बस ब्यबसायि बिच बिबाद भएको हो । स्थापना काल देखि नै बिभिन्न कारण देखाउदै दुइ ओटै बस ब्यबसायिहरुबिच बिबाद हुर्दै आएका छन ।
 

धेरै पढिएको

आजको कार्यक्रम

  • Radio Opening
    समय :04:55AM - 05:00AM
  • Dharmik Bhajan
    समय :05:00AM - 06:00AM
  • CIN Sajha Khabar
    समय :06:00AM - 06:30AM
  • Banibahas
    समय :06:30AM - 07:00AM
  • Rastriya Geet
    समय :07:00AM - 07:15AM
  • BBC Nepali Bihani sewa
    समय :07:15AM - 07:30AM
  • Sakhi suva Prabhat
    समय :07:30AM - 08:00AM
  • Sakhi Khabar
    समय :08:00AM - 08:30AM
  • Nepali Adhunik Geet
    समय :08:30AM - 09:00AM
  • unn.com.np(nepal khabar)
    समय :09:00AM - 03:00PM