समाचार

भारतको उत्तराखण्ड जादै गरेका कैलालीका ६ किशोरीको उद्धार ।।

असाढ १९ -
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका हुँदै भारतको उत्तराखण्ड स्थित गुरुद्वारा जान लागेका कैलालीका ६ जना किशोरीको उद्धार गरिएको छ । कैलालीको रामशिखरझाला ८ का भारतको १६ देखि १९ वर्ष उमेरका ६ जना किशोरीको कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बर–७ का पार्वती नेपालीको घरबाट उद्धार गरिएको हो । कैलाली कै मसुरियाका गाविस वडा नम्बर–१ का २६ वर्षीय डवल नेपाली र १९ वर्षीय गोमा नेपालीले काममा लगाईदिने भन्दै कैलालीबाट ल्याएका किशोरीहरु दोधारा–चाँदनी नगरपालिका वडा नम्बर–७ का पार्वती नेपालीको घरमा राखिएको सूचनाका आधारमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अविनारायण काफ्लेले जानकारी दिनुभयो । किशोरीलाई भारत लैजान लागेका कैलालीका डवल नेपाली, गोमा नेपाली तथा किशोरी राखिएको दोधारा–चाँदनीकी पार्वती नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उद्धार गरिएका ६ जान किशोरीमध्ये ३ जना दास्रो पटक र ३ जना पहिलो पटक भारत जान लागेको प्रहरीले जनाएको छ । किशोरीहरु मानव बेचविखनको जोखिममा पर्न सक्ने भन्दै प्रहरीले उद्धार गरेको हो ।
 

धेरै पढिएको

आजको कार्यक्रम

  • Radio Opening
    समय :04:55AM - 05:00AM
  • Dharmik Bhajan
    समय :05:00AM - 06:00AM
  • CIN Sajha Khabar
    समय :06:00AM - 06:30AM
  • Banibahas
    समय :06:30AM - 07:00AM
  • Rastriya Geet
    समय :07:00AM - 07:15AM
  • BBC Nepali Bihani sewa
    समय :07:15AM - 07:30AM
  • Sakhi suva Prabhat
    समय :07:30AM - 08:00AM
  • Sakhi Khabar
    समय :08:00AM - 08:30AM
  • Nepali Adhunik Geet
    समय :08:30AM - 09:00AM
  • unn.com.np(nepal khabar)
    समय :09:00AM - 03:00PM